दार्चुलाकाे शैल्यशिखरमा दुर्घटना हुँदा तीनको मृत्यु



दार्चुला । शैल्यशिखर नगरपालिका–६ ग्वानीमा हायस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

गोकुलेश्वरबाट पनेबाँजतर्फ आउँदै गरेको म१ज २७७ नम्बरको उक्त हायस ग्वानीस्थित वडा कार्यालय नजिकै रोलाखोलामा दुर्घटना भएको हो ।


दुर्घटनामा चालक २३ बर्षिय प्रकाशसिंह धामी तथा २२ बर्षिय नविनसिंह धामी र १९ बर्षिय हरिसिंह धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार मृतक ग्वानीका स्थानीय हुन् ।