ताप्लेजुङको फुङ्लिङमा कांग्रेस विजयी



फुङलिङ । ताप्लेजुङको एक मात्र नगरपालिका फुङ्लिङमा नेपाली कांग्रेसले विजय प्राप्त गरेको छ ।

आज सम्पन्न भएको मतगणनामा छ हजार १७९ मत प्राप्त गदै कांग्रेसका उम्मेदवार अमिर मादेन विजयी भएका हुन् । मादेनले नेकपा एमालेका निकटतम प्रतिस्पर्धी छत्रपति प्याकुरेललाई दुई हजार २८७ मतान्तरले पछि पार्दै प्रमुख पदमा विजयी भएको जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ । प्याकुरेलले तीन हजार ८९२ मत ल्याउनुभयो ।


त्यस्तै चार हजार २७७ मत ल्याएर नेकपा एमालेका उम्मेदवार भीमादेवी ओझा उपप्रमुख पदमा निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय ताप्लेजुङले जनाएको छ । ओझाले प्रतिस्पर्धी माओवादी केन्द्रका बमबहादुर भट्टराईलाई ४३३ मतले पछि पार्दै विजयी भएकी हुन् । भट्टराईले तीनहजार ८४४ मत प्राप्त गरेका थिए ।