गोलञ्जोर गाउँपालिकाकाे अध्यक्षमा एमाले र उपाध्यक्षमा माओवादी केन्द्र विजयी



सिन्धुली । यहाँको गोलञ्जोर गाउँपालिकामा गाउँपालिका अध्यक्षमा नेकपा (एमाले) विजयी भएको छ । एमालेका शङ्कर बरालले कांग्रेसका उम्मेदवार पुष्प कार्कीलाई पछि पर्दै विजयी भएका हुन् । बरालले चार हजार ७४४ मत प्राप्त गर्दा कार्कीले चार हजार ४६३ मत प्राप्त गरे ।

गाउँपालिका उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का ज्वालाप्रसाद न्यौपाने विजयी भएका छन् । उनले चार हजार २४२ मत प्राप्त गर्दा एमालेबाट उपाध्यक्ष पदका उम्मेदवार ममता देवकोटाले तीन हजार ८३८ मत प्राप्त गरेकी छन् ।


सातवटा वडा रहेको गोलञ्जोरमा दुई वडा माओवादी, दुई वडा एमाले र तीन वडा कांग्रेसले विजय हासिल गरेको छ । माआोबादीबाट वडा नं १ मा सोमप्रसाद बराल, वडा नं ३ मा केपी पोखरेल विजयी भएका छन् । कांग्रेसबाट वडा नं २ मा दौलत कार्की, वडा नं ४ मा भक्तबहादुर भुजेल, वडा नं ६ मा रबिन श्रेष्ठ विजयी भएका छन् । एमालेले दुईवटा वडामा विजय हासिल गरेको छ । वडा नं ५ मा गोबिन्दबहादुर लुङ्गेली, वडा नं ७ मा रेगनराज थापा विजयी भएका छन् ।