गोकर्णेश्वर नगरपालिकाको १, २ र ३ मा एमालेकाे प्यानल विजयी



काठमाडाैँ । गोकर्णेश्वर नगरपालिकाको १, २ र ३ गरी तीन वडाको मतगणना सम्पन्न भएको छ । तीनै वडामा एमालेले वडाध्यक्षसहित प्यानलमा विजयी भएको छ ।

वडा नं १ मा द्वारिका श्रेष्ठ, वडा नं २ मा मधु तामाङ र वडा नं ३ मा मुरारी कुइँकेलको समूह नै विजयी भएको छ । अहिले नगरपालिकाको ४ नं वडाको मतगणना भइरहेको छ । नारायणटारस्थित चामुण्डा माध्यमिक विद्यालय भवनमा मतगणना भइरहेको हो ।


गोकर्णेश्वर नगरपालिकामा २४ हजार २४२ मत खसेको छ । यो कूल मतदाता सङ्ख्याको ७१.३२ प्रतिशत हो । नगरपालिकामा कूल ३३ हजार ९८९ मतदाता सङ्ख्या रहेको छ । वडा नं १ दुई हजार ६७५, वडा नं २ मा दुई हजार २००, वडा नं ३ तीन हजार ३१, वडा नं ४ मा तीन हजार १५९, वडा नं ५ मा तीन हजार ८७७, वडा नं ६ मा तीन हजार ६८६, वडा नं ७ मा एक हजार ३५१, वडा नं ८ मा तीन हजार १५६ र वडा नं ९ मा एक हजार १८८ मत खसेको थियो ।