क्षीरेश्वरनाथ नगरपालिकाकाे प्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेस निर्वाचित



धनुषा । क्षीरेश्वरनाथ नगरपालिकामा प्रमुखमा नेकपा (एमाले) र उपप्रमुखमा नेपाली कांग्रेसले जित हात पारेको छ ।

प्रमुखमा एमाले सुखदेव यादवले कांग्रेसका उम्मेदवार योगेन्द्र पजियारलाई ६१३ मतान्तरले पराजित गर्दै विजयी हासिल गरेका हुन् । यादव कुल सात हजार ९१३ मत प्राप्त गर्दै विजयी भएका छन् भने उनका निकटतम प्रतिस्पर्धी पजियारले सात हजार ३०० मत मात्र प्राप्त गरेका छन् ।


उपप्रमुखमा कांग्रेसकी उम्मेदवार रचना श्रेष्ठ माथेमाले दोस्रो कार्यकाल लागि पुनः निर्वाचित भएकी छन् । उनले सात हजार ५५० मत पाउँदा उनकी निकटतम प्रतिस्पर्धी एमालेकी उम्मेदवार सालिनी चौधरीले सात हजार ५११ मत प्राप्त गरेकी छन् ।

यस क्षीरेश्वरनाथका १० वडामध्ये आठ वडाध्यक्ष र उपप्रमुखसहित कांग्रेसका उम्मेदवारले जित्न सफल भए पनि दुई वडा र नगरप्रमुख पदमा एमाले जित निकाल्न सफल भएको छ ।