कैलालीका तीन वडामा कांग्रेस विजयी



कैलाली । कैलालीको कैलारी गाउँपालिकाको वडा १, २, ३ को वडाध्यक्ष पदमा नेपाली कांग्रेस विजयी भएको छ ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार वडा– १को अध्यक्षमा कांग्रेसका धोजपाल बोहरा एक हजार ११५मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का बालकृष्ण डगौराले ६६० मत पाएका छन् ।


वडा २ को अध्यक्षमा कांग्रेसका विकास चौधरी एक हजार ४० मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका दयाशङ्कर चौधरीले ८५६मत पाएका छन् ।

यसैगरी वडा ३ को अध्यक्षमा कांग्रेसकै सन्तराम चौधरी एक हजार १२ मतसहित विजयी भएका छन् । उनी उक्त वडाको ‘भलमन्सा’को जिम्मेवारीमा पनि छन् । निकटतम प्रतिद्वन्द्वी माओवादीका कैलाश चौधरी ७७३ मत प्राप्त गरेका छन् ।

विसं २०७४ को स्थानीय तहको चुनावमा यी वडाहरूमा माओवादीका उम्मेदवार विजयी भएका थिए ।