काठमाडौँको शंखरापुरको मेयरमा राप्रपाका रमेश नापित विजयी



काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिकामा राप्रपाका रमेश नापित मेयरमा निर्वाचित भएका छन् । मुलुकभर स्थानीय तहको मतगणना भइरहँदा राप्रपाबाट नापित पहिलो निर्वाचित मेयर बनेका छन् ।

नापितले गठबन्धनका उम्मेदवार एवं एकीकृत समाजवादीका लक्ष्मीप्रसाद (एलपी) श्रेष्ठलाई ४९८ मतको अन्तरले पराजित गरेका हुन् । नापितले ४७०० र श्रेष्ठले ४२०२ मत प्राप्त गरेका छन् ।


त्यसैगरी उपमेयरमा गठबन्धन एवं कांग्रेसकी उम्मेदवार समिता श्रेष्ठ निर्वाचत भएकी छिन् । शंखरापुरमा कांग्रेस र समाजवादीले गठबन्धन गरेका हुन । श्रेष्ठले ३१६४ मतको अन्तरले राप्रपाकी विजयकुमारी वाइबालाई पराजित गरेकी हुन् । श्रेष्ठले ६३६२ र वाइबाले ३२९८ मत प्राप्त गरेका छन् ।