काठमाडौँको मेयरमा बालेनको अग्रता कायमै, स्थापितभन्दा झण्डै २५०० मतले अगाडि



काठमाडाैँ । काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले मतान्तर बढाउँदै लगेका छन् ।

पछिल्लो मत परिणाम अनुसार साहले ५ हजार ४४६ मतसहित अग्रता कायम राखेका छन् । उनलाई एमालेका मेयरका उम्मेदवार केशव स्थापितले २ हजार ९५२ मतका साथ पछ्याइ रहेका छन् ।


त्यस्तै गठबन्धन तर्फबाट मेयरकाे उम्मेदवार सिर्जना सिंहले २ हजार ५७७ प्राप्त गरेकी छन् ।