‘कबड्डी ४’की नायिकालाई दुर्व्यवहार गरेकाे आराेपमा एक जना पक्राउ



काठमाडौँ । हाल प्रदर्शन भइरहेको फिल्म ‘कबड्डी ४’की एक नायिकाले आफूमाथि दुर्व्यवहार भएको बताएकी छन् ।

सुन्धारास्थित सिभिल मलमा फिल्म हेर्न पुगेका तामाङले आफूलाई छोएको भन्दै अभिनेत्री मगरले झापड समेत हानेकी थिइन् । तामाङले आफुले नियतवश नभई झुक्किए छुन पुगेको भन्दै माफी मागेका थिए । 


तामाङले माफी मागिसकेपछि पनि अभिनेत्री मगरले प्रहरी वृत्त, जनसेवामा अभद्र व्यवहारको कसूरमा जाहेरी दिएकी छन् ।