ओखलढुङ्गा । ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकाको अध्यक्षमा ज्ञानेन्द्र रुम्दाली निर्वाचित भएका छन् । नेपाली कांग्रेससँग गठबन्धन गरी स्वतन्त्र उम्मेदवार रुम्दालीले पाँच हजार २१ मत ल्याएर निर्वाचित भएका हुन् ।
नेकपा एमालेका रुपलाल तामाङलाई १२०६ मतान्तरले पछि पार्दै रुम्दाली निर्वाचित भएका हुन् । तामाङले तीन हजार आठ सय १५ मत प्राप्त गरेका छन् ।