अमेरिकाबाट नेपाल फर्काइयो पाँच वटा ऐतिहासिक मूर्ति



काठमाडौँ । अमेरिकाबाट नेपाल फर्काइएका पाँच वटा ऐतिहासिक मूर्ति काठमाडौंस्थित अमेरिकी दूतावासले नेपाललाई हस्तान्तरण गरेको छ । मंगलबार नेपालस्थित अमेरिकी मिशनका उपप्रमुख म्यानुएल मिकल्लेरले संस्कृति, पर्यटन, तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेलाई मूर्ति हस्तान्तरण गरेका हुन् ।

डेन्वर म्युजिएमबाट फिर्ता भएका दशौं शताब्दीको उमामहेश्वर, शिकागो म्युजिएमबाट फिर्ता भएको छैटौं शताब्दीको चतुर्मुखी शिवलिङ्ग सँगै नागराजा, पद्मपाणि, र शाक्यमुनि बुद्धका मुर्ति हस्तान्तरण गरिएको हो । अमेरिकास्थित नेपाली दूतावासले अमेरिकी कम्पनी युपिएसको सहयोगमा ती मूर्ति नेपाल ल्याइएको हो ।