अफगानिस्तानमा तालिवान सरकार बनेपछि नौ लाखले गुमाए जागिर 



अफगानिस्तानमा तत्कालीन तालिवान लडाकुहरूले सत्ता कब्जा गरेपछि अहिलेसम्म झण्डै नौ लाख मानिसले जागिर गुमाएका छन् ।  

अफगानिस्तानको पुनर्निर्माणका लागि अमेरिकी विषेश निरीक्षकले दिएको जानकारी अनुसार यो तथ्याङ्क गत अगस्टदेखि अहिलेसम्मको हो ।  विषेश गरेर विगतका काम गर्दै आइरहेका महिलाहरूले अहिले काम गर्न नपाएकाले रोजगारी गुमाएकाहरूको सङ्ख्या धेरै देखिएको बताइएको छ ।  अ


हिले गरिबी पनि बढेको र लाखौँ मानिस भोकमरी र अभावको चपेटामा रहेको निरीक्षकको प्रतिवेदनमा उल्लेख छ । अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) का अनुसार सन् २०२१ को तेस्रो चौमासिकमा पाँच लाखले रोजगारी गुमाएका थिए । बाँकीले त्यसपछिको समयमा गुमाएका हुन ।

झण्डै चार दशकको आन्तरिक द्वन्द्वमा परेको अफगानिस्तानमा अहिले शान्ति स्थापना हुने अपेक्षा गरिएपनि असन्तुष्टि भने प्रकट भइरहेको छ ।  तालिवान सरकारको नीति र कार्यशैलीप्रति आन्तरिक तथा वाह्य क्षेत्रबाट असन्तुष्टि व्यक्त भइरहेको हो भने हिंसात्मक घटना पनि फेरि सुरु हुन थालेका छन् ।