७१ निर्वाचन आयुक्त हटाएर नयाँ नियुक्ति



काठमाडौँ । निर्वाचन आयोगले ७१ निर्वाचन आयुक्तलाई हटाएर नयाँ नियुक्त गरेको छ। बिहीबार नियमित पत्रकार सम्मेलनमा आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले ७१ जना निर्वाचन अधिकृले विभिन्न कारण देखाएर काम गर्न नसक्ने निवेदन दिएपछि उनीहरुलाई हटाएर नयाँ आयुक्तलाई नियुक्त गरिएको जानकारी दिए ।

‘निर्वाचन सञ्चालन तथा व्यवस्थापनका लागि आयोगको निर्णय बमोजिम यसअघि तोकिएका निर्वाचन अधिकृतमध्ये चैत २३ गते निर्णयअनुसार ७१ जना निर्वाचन अधिकृतलाई विभिन्न कारणले जिम्मेवारी बहन गर्न नसक्ने भएको हुनाले हटाएर ७१ जनालाई नयाँ नियुक्त गरिएको हो,’ उनले भने, ‘नयाँ ७१ जनालाई यसअघि आएका नामबाट छनोट गरिएको हो।’


उनका अनुसार अब सबै तहमा निर्वाचन अधिकृत पदपूर्ति भएको हो ।