सहबाज सरिफ पाकिस्तानको प्रधानमन्त्री निर्वाचित



पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) का नेता शेहबाज शरिफ पाकिस्तानको नयाँ प्रधामन्त्री बनेका छन् । पाकिस्तान तेहरीक–ई–इन्साफले राष्ट्रिय सभा बहिष्कार गरेपछि शेहबाज निर्विरोध प्रधानमन्त्री बनेका हुन् ।

शेहबाजको पक्षमा १७४ सांसदले मतदान गरेका छन् । निवर्तमान प्रधानमन्त्री इमरान खान अविश्वासको मतबाट पदच्युत भएपछि शेहबाज पाकिस्तानको ३१औँ प्रधानमन्त्री बनेका छन् । पाकिस्तानमा अहिलेसम्म कुनै पनि प्रधानमन्त्रीले पाँच वर्षे कार्यकाल पूरा गरेका छैनन् ।


शेहबाज तीनपटक पाकिस्तानका प्रधानमन्त्री बनेका नवाज शरिफका भाइ हुन् । उनी पाकिस्तान पञ्जाबका तीन पटक मुख्यमन्त्री भइसकेका छन् । सन् १९९७, २००८ र २०१३ मा गरी शेहबाज पञ्जाबमा सबैभन्दा लामो समय मुख्यमन्त्री बनेका थिए ।