श्रीलङ्कामा सरकार विरोधी प्रदर्शन जारी, प्रशासनद्वारा सङ्कटकालको घोषणा



चरम आर्थिक सङ्कट भोगिरहेको श्रीलङ्कामा हिंसात्मक गतिविधिहरु बढ्न थालेको भन्दै सरकारले संकटकालको घोषणा गरेको छ । आर्थिक संकटसँगै राष्ट्रपति र उच्च सरकारी अधिकारीहरुविरुद्ध सर्वसाधारणले आक्रोस व्यक्त गर्दै आन्दोलित भएसँगै सरकारले देशव्यापी सुरक्षाका लागि भन्दै संकटकालको घोषणा गरेको हो ।

सार्वजनिक व्यवस्थाको संरक्षण र समुदायको जीवन रक्षाका लागि आवश्यक आपूर्ति र सेवाहरुको मर्मतका लागि भन्दै आपतकालीन अवस्थाको घोषणा गरिएको त्यहाँको सरकारले जनाएको छ । राष्ट्रपति गोटाबाया राजापाक्षेको निवास घेराउ गर्नुका साथै आक्रमणको प्रयास गर्दा सर्वसाधारण र सुरक्षाकर्मीबीच झडप समेत भएको थियो । त्यसक्रममा प्रदर्शनकारी र सुरक्षाकर्मीहरु पनि घाइते भएका थिए ।


त्यस्तै सरकारको विरोधमा प्रदर्शन गर्नेहरुलाई नियन्त्रणमा लिएर हिरासतमा राख्न पनि सरकारले आदेश जारी गरेको छ । राजधानी कोलोम्बो लगायतका मुख्य सहरमा सुरक्षाकर्मीले रातको समयमा निशेधित क्षेत्र घोषणा गरेको बीबीसीले जनाएको छ । सन् १९४८ मा बेलायतको उपनिवेशबाट स्वतन्त्र भएको श्रीलङ्का पछिल्लो समय चरम आर्थिक संकटका कारण अत्यावश्यक वस्तुकोसमेत आपूर्ति गर्न नसक्दा आम सर्वसाधारण आन्दोलित भएका हुन् । अ

घिल्लो साता मात्र कागज किन्न नसकेको भन्दै विद्यालय तहको परीक्षा नै स्थगित भएको थियो । आर्थिक मन्दीसँगै अत्यधिक मूल्यवृद्धि र विद्युत आपूर्तिसमेत बन्द हुँदा सर्वसाधारण थप मारमा परेका छन् ।