रुस र युक्रेनका राष्ट्रपतिलाई जी २० सम्मेलनमा निमन्त्रणा 



रुस र युक्रेनका राष्ट्रपतिलाई जी २० शिखर सम्मेलनमा निमन्त्रणा गरिएको छ ।  इन्डोनेसियामा हुने तय भइसकेको सम्मेलनका लागि उनीहरूलाई इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले निमन्त्रणा गरेका हुन् । 

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीलाई इन्डोनेसियाका राष्ट्रपति विडोडोले फोन समेत गरेर निमन्त्रणा गरेकाे राष्ट्रपति कार्यालयले जनाएको छ ।  उनीहरूलाई यसअघि सम्मेलन आयोजक देशको रुपमा इन्डोनेसियाको तर्फबाट औपचारिक पत्र पनि पठाइसकिएको कार्यालयद्वारा शुक्रबार जारी वक्तव्यमा लेखिएको छ । 


“मैले युक्रेनका राष्ट्रपति जेलेन्स्कीलाई सम्मेलनमा सहभागिताका लागि अनुरोध गरेको छु,” राष्ट्रपति विडोडोले भने । उनले वार्ता र सम्झौता मार्फत रुससँगको युद्ध अन्त्य गर्न पनि आग्रह गरेको समेत जानकारी दिएका छन् ।  फोन वार्ताका क्रममा रुसी राष्ट्रपति पुटिनले आफू सम्मेलनमा सहभागी हुने आश्वासन दिएकाे विडोडोले बताएका छन् । 

विश्वका प्रभावशाली विकसित देशहरूको समूहको रुपमा चिनिँदै आएको जी २० समुहको सदस्य रुस पनि हो । तर युक्रेन भने सदस्य छैन ।