मकवानपुरमा ६९१ जनाद्वारा उम्मेदवारी दर्ता



मकवानपुर । यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि मकवानपुरको एक उपमहानगरपालिकासहित १० स्थानीय तहमा विभिन्न पदका लागि ६९१ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

जिल्लाको १० स्थानीय तह निर्वाचन कार्यालयमा नगरप्रमुखमा १४, नगरउपप्रमुखमा सात, अध्यक्षमा ३० र उपाध्यक्षमा १६ जनाले उम्मेदवारी दर्ता गराएको मकवानपुरको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


कार्यालयका अनुसार वडाध्यक्षमा १७३, महिला सदस्यमा ११८, दलित महिला सदस्यमा १०० र सदस्यमा २३३ जनाले उम्मेदवारी दर्ता गराएको प्रदेश निर्वाचन कार्यालय हेटौँडाका प्रमुख लुम्वनाथ पोखरेलले जानकरी दिए ।

जिल्लामा १६५ मतदानस्थल र ३५६ मतदान केन्द्र रहेको छ । जिल्लामा दुई लाख ९४ हजार ९१९ मतदाता छन् ।