प्रचण्डलाई भेटेर डल्लाकोटीले भने- ‘अध्यक्षज्यू, केही मान्छेको परिबन्दमा परी बालकोट पुगें, गल्ती भयो’



काठमाडौँ । नेकपा एमालेमा प्रवेश गरेको २४ घण्टा नबित्दै फेरि नेकपा माओवादी केन्द्रमै फर्किएको घोषणा गरेका धादिङको रोराङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटी (हरि) खुमलटार पुगेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बुधबार बिहान भेटेर उनले केही मानिसको परिबन्दमा परेर आफू सोमबार बालकोट पुगेको बताएका छन् । ०७४ मा माओवादीबाट उम्मेदवार बनेर गाउँपालिका अध्यक्ष जितेका डल्लाकोटी बालकोटस्थित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास पुगेर सोमबार एमालेमा प्रवेश गरेका थिए ।


तर उनले मंगलबार विज्ञप्ति निकालेर माओवादीमै फर्किएको घोषणा गरेका थिए। माओवादीमा फर्केको घोषणा गरेका गाउँपालिका अध्यक्ष डल्लाकोटीले आज खुमलटारमा अध्यक्ष प्रचण्डसँग भेटघाट गरेका हुन् ।

“अध्यक्षज्यू केही मान्छेको परिबन्दमा परी बालकोट पुगें । यसमा मेरो गल्ती भो । तर मलाई मैले बनाको पार्टी, कार्यकर्ता र मलाई निर्वाचित गर्ने जनताले दुई दिनसम्म छोडेनन्, सुत्न नि दिएनन् । मैले आज मेरा कार्यकर्ता र जनताप्रति गर्व गर्छु । र, म २ दिनमै घर फर्केको छु“ – आज बिहान खुमलटार पुगेका धादिङ रोराङ बेनिघाट गाउँ पालिका अध्यक्ष हरि डल्लाकोटीले भने । अध्यक्ष प्रचण्डले गल्ती गरे भनिसक्नु भो। अब काममा फर्कनुस् भनु ।