पोखरामा कांग्रेसका दुई बागीले लिए उम्मेदवारी फिर्ता



पोखरा । पोखरा महानगरको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका ऋषि सापकोटा र नन्दप्रसाद तिवारीले मनोनयन फिर्ता लिएका छन् ।

पाँच दलीय गठबन्धनका साझा उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका दुबैले शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन फिर्ता लिएका हुन् । सापकोटा कांग्रेस कास्कीका पूर्व सचिव हुन् भने तिवारी पूर्व कोषाध्यक्ष हुन् ।


अर्का बागी विमलबहादुर कार्कीले भने उम्मेदवारी फिर्ता लिएनन् । काँग्रेस तथा गठबन्धनको निर्देशनविपरीत उनले मनोनयन फिर्ता नलिएका हुन् । 

काँग्रेसले आफ्ना बागी उम्मेदवारलाई मनोनयन फिर्ता लिन निर्देशन दिएको थियो ।