पूर्वमिस नेवाः सुनिता डंगोलको ८ खम्बे विकास मोडेल



काठमाडौँ । काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदारी घोषणा गरेकी पूर्वसिम नेवाः सुनिता डंगोलले चुनावी घोषणापत्र सार्वजनिक गरेकी छन् । आफू मेयर बनिसकेपछि काठमाडौंलाई स्वच्छ, जीवन्त र व्यवस्थित महानगर बनाउने भन्दै उनले आठ खम्बे विकास मोडल सार्वजनिक गरेकी छन् ।

आठ खम्बे विकास मोडलमा उनले स्वच्छ वातावारण ,यातायात व्यवस्थापन, पूर्वाधार विकास, सांस्कृति नगर, सामाजिक विकास, डिजिटल काठमाडौंलगायतका विषय समेटेकी छन् । डंगोलले काठमाडौंको विकासका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन गरी तीन प्रकारका योजना अघि सारेकी छन् ।