चुनावी खर्च राज्यले बेहोर्ने नीति बनाउनुपर्छ : बाबुराम भट्टराई



काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले चुनावी खर्च राज्यले बेहोर्ने नीति बनाउनुपर्ने बताएका छन् । सामाजिक संजालमार्फत भट्टराईले पैसा खर्चेर चुनाव जित्ने र त्यो खर्च असुल्न राज्यको दोहन गर्ने प्रवृत्ति नै देशमा भ्रष्टाचारको मुहान भएको भन्दै चुनावी खर्च राज्यले बेहोर्ने नीति बनाउनुपर्ने बताएका छन् ।

उनले भनेका छन्, ‘चुनावी खर्चबारे पानीमाथि ओभानो कोही नबनौं । पैसा खर्चेर चुनाव जित्ने र त्यो खर्च असुल्न राज्यको दोहन गर्ने प्रवृत्ति नै देशमा भ्रष्टाचारको मुहान हो भन्ने कटुसत्य स्वीकारेर यसो गरौंः १.तीनै तहमा प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक विधायिका
२.चुनावी खर्च राज्यले बेहोर्ने!