चुनाव चिन्ह प्रदान गर्दै आयोग : जगन्‍नाथलाई भुइँकटर, बालेनलाई लौरो,गोपाललाई आँप



काठमाडौँ । निर्वाचन आयोगले वैशाख ३० मा हुने स्थानीय तहका चुनावका उम्मेदवारहरुलाई चुनाव चिह्न प्रदान गरेको छ ।

भरतपुर महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेललाई भुइँकटहर चुनाव चिह्न परेको छ । भरतपुर नगरपालिकाका पूर्वउपमेयर पौडेल राष्ट्रियसभाका पूर्वसांसद हुन् ।


त्यसैगरी काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहलाई लौरोचुनाव चिह्न परेको छ । त्यसैगरी पोखरा महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका गनेस पौडेललाई पनि चुनाव चिह्न लौरो परेको छ ।

धनगढीको उपमहानगरपालिकाको प्रमुख पदका उम्मेदवार गोपाल हमालले ‘आँप’ चुनाव चिह्न पाएका छन् ।  प्रदेश १ को राजधानी भएको विराटनगर महानगरपालिकाको प्रमुख पदमा उम्मेदवार बनेका उमेश यादव र उपप्रमुख पदमा उम्मेदवार बनेकी नमिता न्यौपानेले ‘लालटिन’ चिह्न पाएका छन् ।