काभ्रेपलाञ्चोक प्रशासनद्वारा आजदेखि नियमित सेवा



काभ्रेपलाञ्चाेक । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आजदेखि निर्वाधरुपमा आफ्नो सेवा प्रदान गर्ने भएको छ ।

यसअघि कोरोना सङ्क्रमणको उच्च जोखिमका कारण आलोपालो सेवा प्रदान गर्दै आएको थियो । सोमबारदेखि स्थानीय तहगत आलोपालो प्रणाली हटाई दैनिक नियमित सेवा प्रदान गरिने भएकाले सेवाग्राहीलाई स्वास्थ्य मापदण्डको पूर्णपालना गर्न सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनारले सूचना जारी गरेका छन्।