स्वर्गद्वारी पुगेर फर्किंदै गरेको बस दुर्घटना हुँदा चालकसहित २४ तीर्थयात्री घाइते



सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ स्थित पूर्व–पश्चिम लोकमार्गअन्तर्गत फुलजोरमा आज तीर्थयात्री चढेको बस दुर्घटना भएको छ । दुर्घटनामा चालकसहित २५ जना घाइते भएको इलाका प्रहरी कार्यालय केशरगञ्जले जनाएको छ ।

प्रहरीका अनुसार बसमा सवार ३४ जनामध्ये नौ जना सकुशल रहेका र एक जनाको अवस्था गम्भीर घाइते भएका छन् । धार्मिक तीर्थस्थल प्यूठानको स्वर्गद्वारी पुगेर फर्किंदै गरेको प्रदेश ३–०१–००५ ख ९८६० नम्बरको बस फूलजोर चोक नजिकै अनियन्त्रित भई पल्टिँदा २५ जना घाइते भएका र त्यसमध्ये २४ जना सामान्य घाइते भएका छन् ।


उनीहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार भई घर फर्किएका र एक जनालाई उपचारका लागि जनकपुर पठाइएको इलाका प्रहरी कार्यालय केशरगञ्ज बयलबासका प्रहरी प्रमुख प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले जानकारी दिए । उनका अनुसार मोरङको पारिश्रमिक सहकारी संस्थाका सदस्यहरुले रिर्जभ गरेर स्वर्गद्वारी पुगेर फर्किंदै गरेको बस दुर्घटनामा परेको हो । दुर्घटना भएको यात्रु बसका चालक र साहु भने प्रहरीको सम्पर्कमा नै रहेका छन् ।