सशस्त्र प्रहरी महानिरीक्षकमा पुष्पराम केसी नियुक्त



काठमाडौँ । सरकारले सशस्त्र प्रहरी महानिरीक्षकमा पुष्पराम केसीलाई नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले केसीलाई महानिरीक्षकमा नियुक्त गरेको हो । शैलेन्द्र खनाल चार वर्षे कार्यकाल पूरा गरेर सोमबारदेखि अनिवार्य अवकाशमा गएपछि रिक्त पदमा केसीलाई नियुक्त गरेको हो ।

खनालको बिदाइपछि केसीलाई निमित्त प्रमुखको जिम्मेवारी समेत दिइएको थियो। एआईजी  केसी कार्य तथा सीमा सुरक्षा विभाग प्रमुख थिए । प्रहरी निरीक्षकबाट २०४९ वैशाख १९ गते सेवामा प्रवेश गरेका केसी २०५८ सालमा एक तह बढुवा हुँदै डीएसपीबाट सशस्त्र प्रहरीतिर लागेका थिए ।