सत्तरी किलो गाँजासहित एक पक्राउ



चितवन । गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेममा राप्ती नगरपालिका–३ का २६ वर्षीय सुजन भनिने बुद्धिलाल प्रजा रहेका छन् । उनको साथबाट ७० किलो गाँजा बरामद गरिएको हो ।


जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीका अनुसार उनलाई आज बिहान २ बजे राप्ती नगरपालिका–१ परेवाकोटबाट पक्राउ गरिएको हो । गाँजासहित पक्राउ परेका उनीमाथि थप अनुसन्धान सुरु गरिएको उनले जानकारी दिए ।