वैज्ञानिक अनुसन्धान गर्ने शैक्षिक संस्था स्थापना गर्नुपर्छ : मुख्यमन्त्री पाण्डे



काठमाडाैँ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले विज्ञान र अनुसन्धानलाई उच्च महत्व राखी शैक्षिक संस्थाको स्थापना गर्नुपर्ने बताएका छन् ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आयोजना गरेको आठौँ स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको शिखर सम्मेलनको उद्घाटन गर्दै उनले शैक्षिक संस्था अनुसन्धानमुखी हुनुपर्नेमा जोड दिए । मुख्यमन्त्री पाण्डेले बागमती प्रदेश सरकारले परिषद्सँग समन्वय गरेर स्वास्थ्य अनुसन्धान गर्ने बताए ।


उनले नेपालमा स्वास्थ्य क्षेत्रमा गरिएको अनुसन्धान फजुल खर्च गरेको भन्ने जस्ता लागे पनि उक्त अनुसन्धानले नेपालको स्वास्थ्य नीतिमा सहयोग पु¥याइरहेको बताए । नेपालमा नै दक्ष चिकित्सक र वैज्ञानिक उत्पादन गनुपर्नेमा जोड दिँदै उनले भने, “नेपालमा नै चिकित्सक उत्पादन गर्ने शिक्षा नदिएर विदेश पठाइरहेका छौँ, हामीले नेपालमा नै दक्ष जनशक्ति उत्पादन गर्नुपर्दछ ।”