ललितपुरस्थित सगरमाथा अक्सिजन प्लान्ट विस्फोट : एकको मृत्यु, ५ जना घाइते



ललितपुर । ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको  सगरमाथा अक्सिजन प्लान्टमा  विस्फोट हुँदा १ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

घाइतेहरुको पाटन अस्पताल र अन्य अस्पतालमा उपचार भैरहेको महानगरीय प्रहरी परिसर, ललितपुरले जनाएकाे छ । विस्तृत विवरण आउन बाँकी छ ।