ललितपुरको मेयरमा कांग्रेसबाट चिरिबाबु महर्जनको उम्मेदवारी दर्ता



ललितपुर । ललितपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका चिरिबाबु महर्जनले उम्मेदवारी दर्ता गराएका छन् ।

सोमबार दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालय जावलाखेलमा पुगेर महर्जनले उम्मेदवारी दर्ता गराएका हुन् । यसअघि २०७४ सालको चुनावमा महर्जनले नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारलाई तीन सय २६ मतले पराजित गरेका थिए ।