राष्ट्रपति भण्डारीद्वारा फ्रान्सका राष्ट्रपतिलाई बधाइ



काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले फ्रान्सका नवनिर्वाचित राष्ट्रपति एम्यानुयल माक्रोनलाई बधाइ दिँदै उनको दोस्रो कार्यकाल सफलताको कामना गरेकी छन् ।

राष्ट्रपति भण्डारीले आज ट्वीटमार्फत बधाइ तथा शुभकामना दिएकी हुन् । उनले माक्रोनको कार्यकालमा नेपाल र फ्रान्सको सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरेकी छन् ।


“आगामी दिनमा नेपाल–फ्रान्स सम्बन्ध र सहयोगको क्षेत्र थप प्रगाढ र व्यापक हुँदै जानेछ भन्ने मेरो विश्वास छ’’, विज्ञप्तिमा भनिएको छ । फ्रान्सका राष्ट्रपति माक्रोन राष्ट्रपतिमा पुनः निर्वाचित भएका हुन् ।