महानगर र उपमहानगरकाे उम्मेदवार टुंगो लगाउने जिम्मा पार्टी सभापति देउवालाई



काठमाडौँ । नेपाली कांग्रेसले महानगरपालिकाका मेयर र उपमेयरको उम्मेदवार छान्ने जिम्मा पार्टी सभापति शेरबहादुर देउवालाई दिएको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय, सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महानगरपालिकाका मेयर र उपमेयर पदका उम्मेदवारको अन्तिम निर्णय गर्ने अधिकार सभापति देउवालाई दिएको हो । 

काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार केन्द्रमा प्राप्त भएका नाममध्ये काठमाडौं, विराटनगर र ललितपुर महानगरपालिकाका प्रमुख तथा वीरगञ्ज, भरतपुर र पोखरा महानगरपालिकाको उपप्रमुख पदका उम्मेदवारको टुंगो लगाउने जिम्मा पार्टी विधान अनुसार सभापति देउवालाई प्रत्यायोजन गर्ने निर्णय भएको हो ।