बाजुरामा रूख ढल्दा सात बालक घाइते



मार्तडी । बाजुराको बडीमालिका नगरपालिकामा वनमा काफल खान चढेको रूख ढल्दा सातजना बालक घाइते भएका छन् ।

बडीमालिका नगरपालिका–८ मा रूख चढेर काफल खाइरहेका बेला एकाएक काफलको रूख ढलेर सात बालक घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।


घाइते हुनेमा बडीमालिका नगरपालिका–८ का १४ वर्षीय दीपक रावल, १६ वर्षीय कमल रावल, दिलु रावल, भीम रावल, विवेक रावल र सुजन रावल रहेका छन् । उनीहरू करिब ५ बजेतिर सोही वडाको खर्रामा काफल खान गएको प्रहरीले जनाएको छ ।

घाइते भएका सातमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर अवस्था रहेका कमल रावल, भीम रावल र कमल रावल रहेका छन् । घाइते बालकहरूको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ ।