बढ्यो सार्वजनिक सवारीको भाडा, कहाँ कति बढ्यो ? (सूचीसहित)



काठमाडौँ । यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा बृद्धि गरेको छ । आइतबार विभागले रुटगत भाडादर सार्वजनिक गरेको हो ।

गत बिहीबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भौगोलिक क्षेत्रका आधारमा १० देखि १५ प्रतिशतसम्म भाडा बढाउने निर्णय गरेको थियो । पहाडमा मालबाहक सवारीका लागि १३ र तराईमा १५ प्रतिशतका दरले भाडा बढाइएको यातायानत व्यवस्था विभागले जनाएको छ ।