पोखराको मेयर एकीकृत समाजवादीलाई दिएको विरोधमा कांग्रेस कार्यालयमा ताला 



कास्की । पोखरा महानगरपालिकाको मेयर पद एकीकृत समाजवादीलाई दिने निर्णय गरिएपछि नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ । कांग्रेसको पोखरा महानगर समितिले जिल्ला कार्यालयमा तालाबन्दी गरेको हो ।

नेपाली कांग्रेस पोखरा महानगरका सचिव गणेशबहादुर थापाले कार्यकर्ताको भावनाविपरीत पोखराको मेयर एकीकृत समाजवादीलाई दिने निर्णय गरिएकाे र साे निर्णय नसच्याउँदासम्म ताला नखोल्ने बताए ।


सत्ता गठबन्धनको मंगलबार बसेको शीर्ष बैठकले पोखरा महानगरको मेयर एकीकृत समाजवादीलाई दिने निर्णय गरेको थियो । गत सोमबार कास्की कांग्रेसले विज्ञप्ति निकालेर जिल्ला स्तरको गठबन्धनबाट बाहिरिन र स्वच्छ प्रतिस्पर्धामा उत्रिन समाजवादीलाई आग्रह गरेको थियो । विज्ञप्तिमा समाजवादी पार्टीलाई मेयर मात्र होइन, कुनै पनि वडामा वडा सदस्य समेत दिन नसकिने कांग्रेसले जनाएको थियो । 

हेर्नुस् नेपाली कांग्रेस पोखरा महानगर कमिटीले जारी गरेको ध्यानाकर्षण पत्र