पेट्रोलियम व्यवसायीको आन्दोलन फिर्ता



काठमाडाैँ । पेट्रोलियम व्यवसायीहरुले आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु स्थगन गरेका छन् । चैत ६ गतेदेखि ग्यासको पिडिओ खरिद बन्द गर्नेदेखि इन्धन लोडअनलोड बन्द गरेका उनीहरुले आयल निगमसँग शनिबार चार बुँदे सहमति गर्दै आन्दोलन फिर्ता लिएका हुन् । 

यसअघि, पेट्रोलियम ढुवानी व्यवसायी, पम्प व्यवसायी र खाना पकाउने एलपी ग्यास उत्पादक व्यवसायीहरूले संयुक्त संगठन बनाएर देशभर पेट्रोलियम पदार्थको ढुवानी तथा बिक्री वितरण ठप्प पार्ने घोषणा गरेका थिए । उनीहरूले विश्वव्यापीरूपमा पेट्रोलियम पदार्थको मूल्य बढेको तर निगमले आफूहरूको ढुवानी भाडा नबढाएको बताउँदै आएका थिए ।