पूर्व राज्यमन्त्री झाको निधन



काठमाडौँ । पूर्वमन्त्री एवं सांसद डिम्पलकुमारी झाको निधन भएको छ। 

उनको आइतबार बिहान काठमाडौंको रानीबारीस्थित निवासमै निधन भएको परिवारले बताएको छ । लोसपाका केन्द्रीय कार्यकारिणी सदस्य केशव झाका अनुसार उनको क्यान्सरबाट निधन भएको हो।


उनी मधेश प्रदेशकी पूर्व राज्यमन्त्री हुन्। उनी संविधानसभा सदस्य समेत रहेकी थिइन्। उनी अहिले मधेश प्रदेश सभा सदस्य थिइन्।

झा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेता एवं पूर्वमन्त्री अनिलकुमार झाकी पत्नी हुन्। उनी दुई वर्षदेखि क्यान्सरबाट पीडित थिइन्। उनको उपचार चलिरहेको थियो।