निर्वाचन निष्पक्ष र मितव्ययी बनाउनुपर्नेमा प्रमुख निर्वाचन आयुक्त थपलियाकाे जोड

k|d'v cfo'Qm yklnof df]/ª,@( r}t M lgjf{rg cfof]u g]kfn, k|]; sfplG;n g]kfn / g]kfn kqsf/ dxf;‹åf/f ;+o'St ?kdf dªunaf/ lj/f6gu/df cfof]lht :yfgLo tx lgjf{rg–@)&( ldl8of cled'vLs/0f k|b]z g+ ! :t/Lo sfo{s|ddf dGtJo JoSt ub}{ k|d'v lgjf{rg cfo'St lbg]zs'df/ yklnof . t:jL/M dgf]h bfxfn÷/f;;


माेरङ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संवेदनशील भएर स्थानीय तहको निर्वाचन जिम्मेवारीपूर्वक सम्पन्न गराउन प्रमुख निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएका छन् ।

निर्वाचन आयोग नेपालद्वारा आज यहाँ आयोजित स्थानीय तह निर्वाचन–२०७९ निर्वाचन सञ्चालन तथा व्यवस्थापन प्रादेशिक प्रशिक्षक प्रशिक्षण कार्यक्रममा उनले स्थानीय तहको निर्वाचन निष्पक्ष, स्वतन्त्र एवं मितव्ययी बनाउनुपर्नेमा जोड दिए । उनले स्थानीय तहको निर्वाचनका लागि आयोगले संविधान र कानुनअनुसार सबै प्रक्रिया अगाडि बढाएको बताउँदै निर्वाचन निर्देशिका एवं स्वघोषणाले उम्मेदवारलाई जिम्मेवार बनाएको धारणा राखु ।


उनले आयोगले निर्वाचन आचारसंहिता पालना भए नभएको विषयमा संयन्त्र निर्माण गरी अनुगमन गर्ने जानकारी पनि दिए । उनले १० हजार २०० मतदानस्थलमा टेलिफोन, इन्टरनेट सुविधा पुगेको बताए । प्रदेश नं १ का प्रमुख सचिव डा रामप्रसाद घिमिरेले निर्वाचनलाई उत्सवका रूपमा लिई स्वच्छ, निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गर्न सबैले जिम्मेवारीपूर्वक कार्य गर्नुपर्नेमा जोड दिए ।

प्रशिक्षण कार्यक्रममा प्रदेश नं १ को खोटाङ, ओलखढुङ्गा र सोलुबाहेक ११ जिल्लाका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत गरी १२० जनाको सहभागिता छ ।