दलहरूलाई निर्वाचन आयोगको ६० बुँदे निर्देशन



काठमाडौँ । निर्वाचन आयोगले राजनीतिक दलहरूलाई आचारसंहिता कार्यान्वयनका लागि ६० बुँदामा प्रतिबद्धता मागेको छ । मंगलबार निर्वाचन आयोगले ७९ दलहरूसँग निर्वाचन आचारसंहिताको विषयमा छलफल गरेको थियो । छलफलपछि आयोगले दलहरूलाई ६० बुँदे आचारसंहिता पालना गर्न भन्दै निर्देशन दिएको हो ।