थप १४ जनामा काराेना सङ्क्रमण पुष्टि



काठमाडाैँ । पछिल्लो दिन १४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनका अनुसार दुई हजार ७७१ जनामा परीक्षण गर्दा १४ जनामा सङ्क्रमण देखिएको छ । मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या २४३ जना रहेका छन् ।


पछिल्लो समय १९ जना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६६ हजार ६१२ पुगेको छ । यो दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । शून्य सङ्क्रमित हुने जिल्ला ३० पुगेका छन् । नेपालमा सङ्क्रमण दर १७.४ प्रतिशत छ ।

नेपालमा प्रतिदश लाखमा ३९३.४ जनाको मृत्यु भएको छ । हाल होम आइसोलेशनमा २३७, संस्थागत आइसोलेशनमा छ जना र सघन उपचारकक्षमा एक जनाको उपचार भइरहेको छ । विगत २४ घण्टामा दुई लाख नौ हजार ५६ जनाले खोप लगाएका छन् ।