थप ११ जनामा काराेना सङ्क्रमण पुष्टि



काठमाडाैँ । पछिल्लो समय ११ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनका अनुसार पाँच हजार ८९१ मा परीक्षण गर्दा ११ जनामा सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या २५२ जना रहेको छ ।


पछिल्लो समय १७ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६६ हजार ५७५ पुगेको छ । यो ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

शून्य सङ्क्रमित भएको ३१ जिल्ला पुगेका छन् । नेपालमा सङ्क्रमण दर १७.४ प्रतिशत छ । नेपालमा प्रतिदश लाखमा ३९३.४ जनाको मृत्यु भएको छ ।

हाल होम आइसोलेशनमा २५१, संस्थागत आइसोलेशनमा एक जनाको उपचार हुँदैछ । विगत २४ घण्टामा एक लाख २३ हजार ५९० ले खोप लगाएका छन् ।