जनकपुर उपमहानगरकाका स्वतन्त्र उम्मेदवार साहले लिएनन् उम्मेदवारी फिर्ता



जनकपुर । जनकपुर उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका मनोज साहले आफ्नो उम्मेदवारी कायमै राखेका छन् ।

नेपाली काँग्रेसको नगर सभापतिबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दिएका साहले आफ्नो उम्मेदवारी कायमै राखेका हुन् ।


शुक्रबार पाँच बजेसम्म उम्मेदवारी फिर्ता लिने अन्तिम समय थियो । उनी साँझ पनि चुनावी प्रचारप्रसारमा लागेका छन् ।