खर्चकै कारण निर्वाचन लड्न नसकिने स्थिति आयो : शशांक कोइराला



काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले निर्वाचन खर्च महंगो हुँदै गएको बताएका छन् ।

नेपाल विद्यार्थी संघ इलाम काठमाडौं सम्पर्क समितिले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा कोइरालाले खर्चकै कारण निर्वाचन लड्न नसकिने स्थिति आएको बताएका हुन् ।


उनले भने,‘तीन पटक निर्वाचन लडें। पहिलो पटक ८० हजार खर्च भयो। दोस्रो पटक तीन करोड खर्च भयो र तेस्रो पटक ६ करोड खर्च भयो ।’ उनले विद्यार्थीलाई राजनीतिभन्दा पनि अध्ययनमा जोड दिन आग्रह गरे ।