कोलम्बियामा बाढीमा परी तेह्रको मृत्यु

(170402) -- MOCOA, April 2, 2017 (Xinhua) -- Photo taken on April 1, 2017 shows the view of debris and damaged cars after a landslide in Mocoa, Colombia. Flooding and landslides have killed at least 193 people and injuring 202 others on Saturday in the Colombian city of Mocoa, the capital of southwestern Putumayo department. (Xinhua/Leonardo Castro/COLPRENSA) (wtc) ***NO SALES-NO ARCHIVE*** ***EDITORIAL USE ONLY*** ***COLOMBIA OUT***


कोलम्बियामा बाढीमा परेर कम्तीमा पनि १३ जनाको ज्यान गएको छ । बाढीमा परेर कोलम्बियाको उत्तरपश्चिमी क्षेत्रमा १३ जनाको ज्यान गएको र अरु केही हराइरहेका बताइएको छ । त्यहाँ केही दिनदेखि अविरल वर्षा जारी छ ।

वर्षाका कारण बाढी आएको र शुक्रबारसम्ममा १३ जनाको ज्यान गएको यहाँको प्रकोप नियन्त्रण विभागले जनाएको छ । यहाँ अकस्मात भारी वर्षा सुरु भएको थियो । यहाँका विभिन्न स्थानमा वर्षा जारी रहेको छ । वर्षाका कारण यहाँको जनजीवन पनि प्रभावित भएको छ ।


वर्षा अहिले नै रोकिने अवस्था नदेखिएको भन्दै यहाँको मौसम विभागले नागरिकहरुलाई सतर्कता अपनाउन सूचना जारी गरेको छ । बाढीका कारण यहाँका कतिपय सडकहरुमा पहिरो गएकाले यातायात पनि अवरुद्ध भएको पाइएको छ ।