काठमाडौँकाे महानगर प्रमुखमा काँग्रेसको तर्फबाट सिर्जना सिंहको उम्मेदवारी दर्ता



काठमाडौँ । नेपाली काँग्रेसको तर्फबाट काठमाडौँ महानगरपालिकाको प्रमुख पदमा सिर्जना सिंहले उम्मेदवारी दर्ता गरेकी छन् ।

सोमबार दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रिय सभागृहमा पुगेर उनले उम्मेदवारी दर्ता गरेकी हुन् । साथै उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी)का नेता रामेश्वर श्रेष्ठले उम्मेदवारी दर्ता गरेका छन् । सिंह काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहकी श्रीमती हुन् ।


काठमाडौं महानगरमा सत्तारुढ दल काँग्रेस र समाजवादीबीच प्रमुख र उपप्रमुख पदमा तालमेल गर्ने सहमति भएअनुसार सिंह र श्रेष्ठले उम्मेदवारी दर्ता गरेका हुन् ।