एसईईकाे परीक्षा शुक्रबारदेखि



काठमाडौँ  ।  गत २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ ।

कोभिड–१९ को महामारी साम्य भएपछि भौतिक रूपमै परीक्षा सञ्चालन गर्न लागिएको यो पहिलो पटक हो । एसईई वैशाख ९ गतेबाट  सुरु हुँदैछ । यसअघि कोभिड–१९ को सङ्क्रमण बढेपछि दुई पटक एसईई आन्तरिक मूल्याङ्कनबाटै सम्पन्न गरिएको थियो । यसै वर्षदेखि मन्त्रालयले सैद्धान्तिक र प्रयोगात्मक दुवैतर्फ समग्रमा न्यूनतम ३५ प्रतिशत अङ्क ल्याउनै पर्ने व्यवस्था गरेको छ ।


यस वर्ष मुलुकभर दुई हजार सातवटा केन्द्रमा परीक्षा सञ्चालन हुनेछ । सबैभन्दा धेरै केन्द्र काठमाडौँमा रहनेछन्; जहाँ १२० वटा केन्द्र तोकिएको छ । सबैभन्दा कम केन्द्र मनाङमा छन् । मनाङमा एउटा मात्रै परीक्षा केन्द्र तोकिएको छ । यस वर्ष पाँच लाख १४ हजार ७६० परीक्षार्थी सहभागी हुनेछन्, जसमा नियमिततर्फ चार लाख ८८ हजार ७४२, प्राविधिकतर्फ १४ हजार ५६४ र ग्रेड वृद्धितर्फ ११ हजार ४५४ परीक्षार्थी एसईईमा सहभागी हुँदैछन् ।