एक करोड ७७ लाख ७५ हजार थान मतपत्र छपाइ सम्पन्न



काठमाडौँ । वैशाख ३० गते हुन गइरहेको स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि निर्वाचन आयोगले १ करोड ९४ लाखमध्ये १ करोड ७७ लाख ७५ हजार थान मतपत्र छपाइ सम्पन्न गरेको छ । बाँकी मतपत्र छपाइ कार्य अब केही दिनमा सकिने आयोगको भनाइ छ ।

निर्वाचन आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलका अनुसार बिहीबारसम्म ७२ जिल्लाका लागि सो संख्यामा मतपत्र छपाइ सम्पन्न भएको हो । त्यस्तै, आयोगले वैशाख १३ गतेदेखि छपाइ भएको मतपत्र ढुवानी सुरु गरेको थियो । बिहीबारसम्म ३३ जिल्लामा मतपत्र ढुवानी भइसकेकाे  छ । 


सुदूरपश्चिम, कर्णाली प्रदेशसहित अन्य ३३ जिल्लामा कुल ५१ लाख ८१ हजार थान मत्रपत्र ढुवानी भएकाे हाे । छपाइ सम्पन्न भएको मतपत्र ढुवानीको काम निरन्तर जारी रहेको सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।