विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई कुशासन र विकृतिबाट मुक्त बनाउनुपर्ने बताएका छन् । राप्रपा मोरङद्वारा बुधबार आयोजित आमसभामा उनले देश र धर्म जोगाउने मानिसले कहिले पनि पछुताउनु नपर्ने बताए ।
उनले सामान्य आँखाले हेरे जस्तो देश अहिले नरहेको स्पष्ट पार्दै देश असफल बन्नेतर्फ उन्मुख भइरहेको बताए । विगत ३१ वर्षदेखि राजनीतिक दलहरुकै कारण देशमा समस्या उत्पत्र भएको भन्दै उनले भने, “अब नेपाली जनताले नेतृत्व र व्यवस्थाको विकल्प खोज्नुपर्छ ।”