सिन्धुलीको तीनपाटनमा जीप दुर्घटना, तीन जनाको मृत्यु



सिन्धुली । सिन्धुलीकाे तीनपाटन गाउँपालिकाको वडा नम्बर–५ नक्कले भन्ने स्थानमा बोलेरो जिप दुर्घटना हुँदा ३ जनाको घटना स्थलमै मृत्यु भएको छ । सिन्धुलीबाट चकमके गइरहेको बागमती प्रदेश ०१–०२६ च ०४५१ बोलेरो अनियन्त्रित भई​ दुर्घटना भएकाे हाे ।

दुर्घटनामा एक महिला र दुई पुरुषको घटनास्थलमानै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अम्बोटेका रामप्रसाद भण्डारी, तुलासी पहाडी, चकमकेकी रुपा श्रेष्ठको घटनास्थलमा नै मृत्यु भएको हो । जीपमा चालक सहित १२ जना सवार थिए ।