सरकार आफ्नै स्वार्थसिद्धमा केन्द्रित हुँदा मुलुकको अर्थतन्त्र संकटमा : एमाले (पूर्णपाठ)



काठमाडौँ । नेकपा एमालेले सरकार आफ्नै स्वार्थसिद्धमा लागेका कारण मुलुकको अर्थतन्त्र संकटमा परेको आरोप लगाएको छ । आइतबार तीनजना पूर्वअर्थमन्त्रीले देशको आर्थिक अवस्था कमजोर हुँदै जानुमा वर्तमान सरकारनै सबैभन्दा ठूलो कारक भएको आरोप लगाएका हुन् ।

पूर्वअर्थमन्त्रीहरु विष्णु पौडेल,सुरेन्द्र पाण्डे र युवराज खतिवडाले वर्तमान सरकारको ध्यान अर्थतन्त्रमा देखिएको समस्या समाधानमा भन्दापनि आफ्नै स्वार्थसिद्ध गर्न केन्द्रित रहेको आरोप लगाए।