सत्ता गठबन्धनले चुनावी तालमेलका लागि संयुक्त वक्तव्य जारी गर्ने



काठमाडौँ । स्थानीय तह निर्वाचनका लागि गठन भएको निर्वाचन तयारी तथा अनुगमन समितिले निर्वाचन सम्बन्धमा संयुक्त विज्ञप्ति जारी गर्ने निर्णय गरेको छ ।

शुक्रबार प्रधानमन्त्री निवास बालुबाटारमा बसेको सत्ता गठबन्धनमा आवद्ध दलका नेताहरुको बैठकले यस्तो निर्णय गरेको हो । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले निर्वाचनलाई मध्यनजर गर्दै संयुक्त विज्ञप्ति जारी गर्ने निर्णय भएको जानकारी दिए ।


बैठकमा गठबन्धनमा आवद्ध पाँच दलका शीर्ष नेताहरु सहभागी थिए । बैठकमा रामचन्द्र पौडेल नेतृत्वको समितिले चुनावी तालमेलमा अहिलेसम्म भएका प्रगतिबारे जानकारी गराएका थिए । गठबन्धनले आगामी स्थानीय तह निर्वाचनको तयारी, परिचालन तथा अनुगमनका लागि वरिष्ठ नेता पौडेलको नेतृत्वमा समिति गठन गरेको छ ।